परिचय
नेपाल राष्ट्रिय शिक्षक संङ्गठन
Nepal National Teachers’ Association-NNTA
नेपाल
राष्ट्रिय शिक्षक संङ्गठन (Nepal
National Teachers’ Association, NNTA) अर्थात नेराशिसं नेपालको अग्रणी पेशागत संगठनको रूपमा राष्ट्रिय र
अन्तराष्ट्रिय रूपमा नै परिचित छ । शिक्षण पेशालाई आकर्षक, सुरक्षित, मर्यादित
र समृद्ध गर्न गठित नेपालमा अवस्थित शिक्षकहरूको सङगठित शक्तिको रूपमा
अन्तराष्ट्रिय रूपमा स्थापित शिक्षक सङ्गठनहरूको एक महासंघ WCOTP सदस्यता प्राप्त एवम् Educational
International (EI) को
संस्थापक सदस्य समेत रहेको, विभिन्न देशका सङ्गठनहरूसँगको सम्बन्ध रहेको साथै SAARC Teachers Federation-STF को समेत सदस्य रहेको शक्तिशाली सङ्गठनको एक जिल्ला समितिको
रुपमा नेपाल राष्ट्रिय शिक्षक संङ्गठन, चितवन क्रियाशिल
रहेको छ । चितवन जिल्लाका शिक्षकहरूबाट उठेका पेशागत माग र आवजहरूलाई संगठित
रूपमा सरकार र सरोकारवालाहरूसम्म पुर्याउन, शिक्षकका पेशागत अधिकारको सुनिस्चितता गर्न जिल्ला तहदेखि केन्द्रसम्म सङ्घर्षका दवाबमुलक
कार्यक्रमहरू मार्फत देशकै शिक्षकहरूको आवाजलाइ
प्रतिनिधित्व गर्न गराउनमा चितवन जिल्ला
समितिको भूमिका अहम रहेको छ । विक्रम संवत् २०३६ सालमा स्थापनाको समयदेखि नै
क्रियाशिल यो समितिलाई शिक्षकका अग्रज नेताहरू देवेन्द्र प्रसाद
उपाध्याय (२०३७ कार्तिक), विष्णु घिमिरे (२०४० पुस), रामचन्द्र कोइराला (२०४३
पुस ५), विष्णु घिमिरे (२०४४ असोज ११), हेमचन्द्र निरौला, रवीकिरण निर्जीव (२०४९ चैत्र ७), रमाकान्त सापकोटा (२०५२ फागुन ५), टेकबहादुर थापा , हरिप्रसाद आचार्य (२०५९ असार ८, जीवनाथ पराजुली (२०६१ फागुन २९), भानु प्रसाद उपाध्याय (२०६५ माघ १७), पूर्णबहादुर पुरी (२०६९ फागुन २५), दानबहादुर गुरुङ, तेजेन्द्र प्रसाद भुसाल जस्ता दिग्गज व्यक्तित्वहरूको नेतृत्व प्रदान भएको अब्बल
संगठनका रुपमा समेत जिल्लाभर चिनिने गरेको छ । नेपाल अधिराज्यको संविधान,२०७२ को
नयाँ संरचना अनुसार ७ ओटा पालिकामा छरिएर रहेका पालिकाहरूको समितिहरूलाई समेत
नेतृत्व गर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, चितवनको समिति रहेको छ ।
Post a Comment