नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, चितवन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनको यस वेवसाइटमा हार्दिक स्वागत छ ।

वेवसाइटको बारेमा

 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनको वेभसाइट

भरतपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । सङ्गठनले खैरहनीमा गरेको असल अभ्यास आदानप्रदान कार्यक्रममा वेबसाइटको उद्घाटन गरिएको हो ।

सङ्गठनका चितवन अध्यक्ष तेजेन्द्र भुसालले वेबसाइटलाई शैक्षिक गुणस्तरका विषयसहित सङ्गठनका सूचना, सन्देश तथा सम्पूर्ण शैक्षिक गतिविधिहरुको सँगालो बनाइने बताए । वेबसाइट उद्घाटन कार्यक्रममा अध्यक्ष भुसालले सम्पूर्ण शैक्षिक गतिविधिहरु वेबसाइटमा सजिलै हेर्न मिल्ने बताए । उनले भने, ‘चितवनको शैक्षिक गुणस्तरमा वेबसाइट कोशेढुङ्गा बन्न सक्छ, शैक्षिक गुणस्तर निकाल्न पनि वेबसाइटको भूमिका रहन्छ ।’ साइट मजबुत हुँदै जाँदा यसमा पढाउने तरिकादेखि विद्यार्थीलाई बुझाउन सक्ने शिक्षक सीपसम्मका गतिविधि राखिने उनले बताए ।

सङ्गठनका चितवन कोषाध्यक्ष तथा वेबसाइटका परिकल्पनाकार देवप्रसाद पण्डितले वेबसाइट निःशुल्क निर्माण गरेका हुन् । उनले भने, ‘शिक्षा क्षेत्रमा लागेका हरेक मानिसहरुका लागि वेबसाइट उपयोगी र ज्ञानवद्र्धक हुनेछ ।’ उनले वेबसाइटलाई निरन्तरता दिने र नियमित अपडेट पनि गराइराख्ने बताए । वेभसाइटको नाम डब्लडब्लुडब्लु एनएनटिएचितवन डट् ओआरजी हो ।

वेबसाइटमा शिक्षा क्षेत्रका उपयोगी साइटहरुलाई पनि लिङ्क गरिएको छ । चितवन जिल्लाभित्रका सदस्यहरुलाई एकै फर्ममा जोड्नका लागि अनलाइन सदस्यता दर्ता फारामसमेत वेबसाइटमा राखिएको कोषाध्यक्ष पण्डितले बताए । उनका अनुसार एक शिक्षकलाई आवश्यक पर्ने र प्रयोग गर्न सकिने अधिकतम सामग्री बिस्तारै व्यवस्थापन गर्दै लगिनेछ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्य बरालले क्लिक गरेर वेबसाइटको उद्घाटन गरेका हुन् । कोषाध्यक्ष बरालले वेबसाइटमा पढ्ने, पढाउने शैलीदेखि शैक्षिक सूचनासम्म पस्किने बताए । उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदी, शिक्षाविद्हरु रमाकान्त सापकोटा, रमाकान्त शर्मा, भरतपुर महानगरका पूर्वनगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, अधिवक्ता जगन्नाथ भण्डारी, संगठनका उपाध्यक्ष रामजी भण्डारी, सचिव तिलक कुँवरलगायत विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुले वेबसाइटको निरन्तरतासहित उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

चितवन पोष्ट २०८१ भाद्र ३१

चितवन पोष्ट २०८१ असोज १




Post a Comment

Previous Post Next Post