नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति चितवनको १४औँ अधिवेशनको समाचार
चितवन पोष्टबाट
यहाँ थिच्नुहोस्
भरतपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति चितवनको १४औँ अधिवेशन तथा घोषणासभा सम्पन्न भएको छ । सङ्गठनको कार्यालय भरतपुर मालपोतचोकमा भएको अधिवेशनले रामजी भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गाकुमारी लामिछाने र विष्णुहरि कँडेल निर्वाचित भएका छन् । सचिवमा तिलक कुँवर, कोषाध्यक्षमा देवप्रसाद पण्डित र सहकोषाध्यक्षमा पार्वती केसी निर्वाचित भएका छन् । अधिवेशनको प्रमुखअतिथिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज देवी ज्ञवाली रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका महासचिव हंसबहादुर शाही, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेशका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य दिएका थिए ।
अधिवेशनमा पूर्वअध्यक्ष दानबहादुर गुरूङ, जिल्ला समन्वय समितिका प्रमुख नारायण पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वमहासचिव रमाकान्त सापकोटा, पूर्वकेन्द्रीय सदस्य लक्ष्मीकान्त चालिसे, भीमकुमारी पौडेल, मीरा खरेल, जगन्नाथ भण्डारी, तेजेन्द्रप्रसाद भुसाल, निलिमा लामालगायतले सङ्गठनको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
पहिलो चरणको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका कोषाध्यक्ष सूर्यराज बराल र दोस्रो चरणको कार्यक्रम सञ्चालन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेशका महासचिव पूर्णबहादुर पुरीले गरेका कोषाध्यक्ष देवप्रसाद पण्डितले जानकारी दिए ।
Post a Comment