हार्दिक स्वागत
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको यो आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं।
यस वेबसाइटमा हामीले निरन्तर रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठनको विभिन्न गतिविधिहरुलाई प्रस्तुत गर्नेछौं। यहाँहरुबाट प्राप्त लेख रचनाहरु लाई पनि हामीले निरन्तर रुपमा यसमा प्रस्तुत गर्दै जानेछौँ। सूचना र प्रविधिलाई नजिक राखेर यहाँहरुलाई सूचना र प्रविधिको पहूँचमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ। तेजेन्द्रप्रसाद भुसालको अध्यक्षतामा बनेको नेपाल राष्ट्रिय शिक्षक संगठनको यो कार्यसमितिले एउटा नवीन रचनात्मक कार्यको थालनीका रुपमा यस समितिका कोषाध्यक्ष श्री देवप्रसाद पण्डितज्यूको विशेष पहलमा र उहाँको सिर्जनामा यो वेबसाइटलाई यहाँहरु समक्ष समक्ष ल्याएका छौं ।
Post a Comment